फिल्म ‘प्रकाश’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत  ‘मान्छे मान्छे’ लाई सत्यराज आचार्यले गाएका छन्। अशोक शेरचनले लेखेको गीतमा संगीत एलिश कार्कीले गरेका छन्। गीतमा क्रान्ति, शासन व्यवस्था, विभेदजस्ता विषयलाई समेटिएको छ। निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको छ l फिल्ममा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहेको छ l साथै, यसै फिल्म बाट ठुलो पर्दामा रेणुले डेब्यु गरेकी हुन् l

विकास सुवेदीले लेखेको फिल्मको कथाले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ l अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् l तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत ,प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, जीवन थापाको सम्पादन  फिल्ममा समावेश रहेको छ । भदौ १० गतेबाट फिल्म प्रदर्शनमा आउने छ l