सुरेन चन्द ठकुरी र प्रतिमा केसीको स्वरमा ‘राधा प्यारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ । गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् l

गीतको भिडियोमा मोडल गरिमा शर्माको अभिनय रहेकोछ भने गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् ।