फिल्म 'दोख' को गीत सार्वजनिक गरिएको छ l उनको आवाज रहेको फिल्म ‘दोख’को ‘वन चरी उड्यो’ बोलको गीत रिलिज गरिएको हो l गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द रचना रहेको छ भने आभासको संगीत छ । फिल्मलाई राजन कठैतले लेखेका हुन् । दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायत कलाकारको फिल्ममा अभिनय रहेको छ ।
जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबिचको दुष्मनीको कथालाई फिल्ममा प्रस्तुत गर्छ । असार २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ l