फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ एकै दिनमा रिलिज हुने भएका छन् l शुक्रवार दुई पोस्टर सार्वजनिक गर्दै भदौ १७ लाई प्रदर्शन मिति घोषणा गरिएको हो l ठुलो ब्यानरमा निर्माण भएका यी दुई फिल्म भदौ १७ मा रिलिज हुँदै छन् l यस अघि भदौ ३१ प्रदर्शन गर्ने तयारी गरेका ‘झिंगेदाउ’ टिम दुई हप्ताअघि सरेर उक्त मिति रोजेका हुन् l अब यी दुई फिल्मको भिडन्त रोचक हुने देखिएको छ l फिल्ममा नायिका केकी अधिकारी र आँचल शर्मा मुख्य भूमिकामा छन् l साथै सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् l यी दुई फिल्म बक्स अफिसमा सफल हुन अत्यन्त आवश्यक छ । ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।