गत वर्षको पुस २४ गते लागू औषधमा पक्राउ परी हिरासत बसाइ गरी तारिखमा छुटेका र्यापर आसिस राणा उर्फ 'लाउरे' लागूऔषधविरुद्धको अभियन्ता बनेका छन् l जिल्ला प्रहरी कार्यालय कास्कीले ‘लागूऔषधविरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम’ मा उनलाई दूतका रूपमा प्रस्तुत गरेको हो l असार ६ देखि १२ सम्म सञ्चालन हुने अभियानमा उनी सहभागी हुनेछन् । पोखरा सभागृह हलमा लागू औषधसम्बन्धी सचेतना कार्यक्रममा असार ६ गते लाउरेले आफ्नो प्रस्तुति दिनेछन् । उनी पोखराको न्युरोडबाट अरू तीन साथीसहित गत वर्ष समातिएका थिए ।