मिस नेपाल २०२२ को उपाधी प्रियंका रानी जोशीले हात पारेकी छन् l २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् । ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२, ६, हुँदै अन्तिम ३ को प्रतिस्पर्धामा जोशी छनोट भएकी हुन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ लगायत थिए l ‘मिस नेपाल पेजेन्ट’मा देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा मुख्य सहरहरु काठमाडौं लगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा प्रतिस्पर्धाका लागि अडिसन लिइएको थियो ।