चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिक भव्यताका साथ मनाएको छ l गत शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा समारोह आयोजना गरिएको थियो l समारोहमा तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरिएको थियो भने १६ रग पत्रकारहरूलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको थियो l कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकारहरूलाई सम्मान गरेका थिय l संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा राजेश हमाललगायत फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय फिल्म पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डी. शृंखलालाई ‘राष्ट्रिय फिल्म पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय फिल्म पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए । समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डी. शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, २०७८’ र '७९' बाट कुमार आचार्य , गीता अधिकारी मनोज न्यौपाने, रेम रसाइली, जाराम फुयाँल ,श्रीराम अर्जुनलाई सम्मान गरिएको थियो l