फिल्म ‘सम्हालिन्छ कहिले मन’को भाद्र १७ मा प्रदर्शन हुँदै छ l बक्स अफिसमा आशाको रुपमा हेरिएको फिल्मलाई सुदर्शन थापाको निर्देशन गरेका हुन् l फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन , सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ ।
तस्विर :बिकास अर्याल


लण्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो ।



फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथाका भन्ने छ ।