फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक भएको छ । ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरूको केमेस्ट्री जमेको छ । फिल्ममा निर्माताको रुपमा आदित्य प्रधान र रेविका प्रधान रहेका छन् l
निर्देशक प्रधानको डेब्यु निर्देशन रहेको फिल्मलाई सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको छ l फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको रहेको छ भने शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् ।