वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा कास्ट एण्ड क्रिउको उपस्थितिमा मुहूर्त गर्दै सिरियलको घोषणा गरिएको हो l रामजी राउतको निर्देशन रहने सिरिजमा कलाकार निर शाह मुख्य भूमिकामा देखिँदै छन् l जया ओझाको लेखन रहेको यस सिरिजलाई सुदीप कँडेल र कृष्ण कार्कीले संयुक्त रुपमा निर्माण गर्ने भएका हुन् l राहुल राईले छायांकन गर्ने सिरिजमा नवीन निरौलाको सम्पादन हुनेछ ।  मकवानपुरको चित्लाङदेखी छायांकन सुरु हुने सिरिजमा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली लगायतको अभिनय छ ।