चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन खुलेको छ l सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन खुलेको सूचना निकालेको हो l सार्वजनिक सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । साथै कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी यस क्षेत्रमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख गरिएको छ l अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ भने दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ ।