फिल्म  ‘महापुरुष’ को छायाङ्कन सुरु गरिएको छ l शुक्रवार बाट नै छायाङ्कन सुरु गरिएको फिल्ममा कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेका छन् l  निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गर्दै छन् ।  वैशाख दोस्रो साताबाट छायाङ्कनमा जाने 'महापुरुष'मा यी दुईको अभिनय रहने बताइएको छ । 'जात्रा' र 'जात्रै जात्रा'जस्ता फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गर्दै छन् । फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया हुन् ।फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने छन् । ४० दिनको छायाङ्कन तालिका रहेको फिल्ममा महका अलावा अरुण क्षेत्री, अञ्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय रहेको छ l