फिल्म ‘२ नम्बरी’ फस्ट लूक सार्वजनिक गरिएको छ । फिल्मको फस्ट लुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उँगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ ।पोखरा आसपासमा सुट गरिएको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् l मित्रताको कथा पेश गर्ने फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका छन् l फिल्ममा उँगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय छ । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ फिल्मको निर्माता हुन् l सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत फिल्ममा छ । यो फिल्म कार्तिकको ४ गते तिहारको अवसरमा रिलिज हुँदैछ ।