नायिका तथा मोडल सुनिशा बजगाईं र राज आचार्य आजा विवाह बन्धनमा बाधीएका छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह गरेका हुन्  । डेढ बर्षको प्रेमलाई बिहेमा परीणत गरेका उनीहरुको विवाह समारोहमा परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो । विवाह समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए । राज, चर्चित हाँस्य कलाकार शंकर आचार्यका छोरा हुन् । उनले चार्टर्ड अकाउन्टेन्ट (सिए) को पढाइ गरेका छन् ।