‘सम्हालिन्छ कहिले मन’को रोमान्टिक गीत ‘जरुरी कुरा छ’ युट्युब ट्रेन्डिङकको शिर्ष स्थानमा उक्लेकको छ । अभिनेत्री पुजा शर्मामा र डेव्यु अभिनेता सोन मतोप्देनको केमेष्ट्री दर्शकले रुचाएका छन् । गीतमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् । दुबईमा खिचिएको गीतमा उनीहरूको केमेस्ट्री जमेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पूजा, आकाश र सोनमका साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ । लण्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो । भाद्र १७ मा प्रदर्शन हुने फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथाका भन्ने छ ।