गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको आवाजमा ”आकाश छुने सपना देखेँ कल्पनामा उडेँ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा रहेको गीतमा संगीत तथा एरेन्ज पवन चाम्लिङ राईको रहेको छ l

रोशन कुमारको निर्देशनमा तयार भएको भिडियोमा यश राज गराज र शांक्षी लम्सालको अभिनय रहेको छ । मुकेश हुमागाईँले दृश्य कैद गरेको भिडियोमा सम्पादन विनोद बमको रहेको छ । भिडियोलाई युट्युब च्यानल ओएस आर डिजिटलबाट हेर्न सकिन्छ ।