अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्लदेखि निर्देशक निश्चल बस्नेतसम्म प्रस्तुत छन् । पोस्टरमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, मेनुका प्रधान, बुद्धि तामाङ र दिव्यदेव पन्त देखाइएको छ । आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन् l फिल्ममा सौगात र सृष्टिको अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि फिल्ममा देख्न सकिन छ l आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले दर्शकमाझ कौतुहलत पैदा यसअघि सार्वजनिक कन्टेन्टले गरिसकेको दाबी निर्माण पक्षको छ ।