गायिका मेलिना राई र गायक निशान भट्टराईको स्वरमा समावेश गीत 'ज्योतिषीले भनेको' सार्वजनिक भएको छ । प्रमोद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत कृति न्यौपानेले भरेका छन् । पुरुषोत्तम सुवेदीको एरेन्जमा गीतमा रहेको छ l विनोद बमको निर्देशन सम्पादन तथा कलरिङ् र मुकेश हुमागाईँको छायाङ्कन भिडियोमा हेर्न सकिन्छ l

भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले नृत्य गरेका छन् । युट्युब च्यानल ओेएसआर डिजिटलबाट भिडियोलाई रिलिज गरिएको हो l