फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।
परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने फिल्मका निर्माता हुन् l त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा बेनिशाका अलावा सुरक्षा पन्त, तेज गिरी, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाललगायतका कलाकारको पनि अभिनय छ । फिल्म आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ l