भोजपुरी फिल्म ‘रण’ नेपालको ४० भन्दा बढी सिनेमामा हलमा प्रदर्शन हुने भएको छ l यही शुक्रवार बाट रिलिजमा आउन लागेको यो नै पहिलो भोजपुरी फिल्म हो जसले नेपाली फिल्म हलमा ठुलो प्रदर्शन थालनी गर्ने भएको हो l निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ l साथै यही शुक्रवारबाट भने नेपाल सँगै भारतको मुम्बई र गुजरातमा प्रदर्शन हुने निर्माण टिमको भनाइ छ l फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ । ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनय रहेको छ । फिल्मको कथा निर्देशक पन्तलेनै लेखेका हुन् l महेश पौडेलको छायांकन रहेको फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ l