आज बाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ । आज बाट सुरु भएर यही असार १८ गतेसम्म चल्ने नाटक उत्सवमा देशभरिबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरूमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका भएका छन् ।  लाप्चा उत्थान मञ्च इलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम) को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् । नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो ।  आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा उत्सव सुरु गरीएको हो l