आगामी  असार २४ गतेबाट प्रदर्शन हुने फिल्म 'दोख' को ट्रेलर सार्वजनिक गरिएको छ l निर्माण टिमले हाइलाइट्स युट्युब च्यानल बाट ट्रेलर  सार्वजनिक गरेका हुन् l फिल्मलाई राजन कठैतले लेखेका हुन् । अनुप बरालले निर्देशन रहेको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायत कलाकारको सिनेमामा अभिनय रहेको छ ।  

 

‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।