‘छक्कापञ्जा’ समूह सँग सम्बन्ध चिसिएपछि अलग भएका तीन जना सुमन गिरी भाञ्जा, जितु नेपाल र ताराचन्द्र बजगाईँ नयाँ फिल्मको तयारीमा रहेका छन् l कलाकार तथा निर्देशक दिनेश डिसीले निर्देशन गर्ने फिल्म कमेडी जनरामा निर्माण हुने छ l हाल् स्क्रिप्ट लेखन अन्तिम चरण रहेको छ l फिल्मको पटकथा जितुले लेखिरहेका छन् । डिसी अहिले बायोपिक फिल्म ‘सर्वजीत’को छायाङ्कन तयारीमा छन् भने यो फिल्म सकिएपछि मात्र उक्त फिल्म सुरु हुनेछ । ‘दसैँपछि फिल्म फ्लोरमा लैजाने निर्माण टिमको योजना छ l