फिल्म ‘प्रकाश’ टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ l पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र रेणु योगीलाई देखाइएको छ l उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा रेणु किताब र कापी च्यापेर विद्यालयको पोशाकमा प्रदीपको साथमा हिँडिरहेको देख्न सकिन्छ भने प्रदीप कालो रंगको ट्राउजरको खल्तीमा किताब राखेर रेणुसँग गफ गर्दै पाइला नापिरहेका छन् । फिल्ममा प्रदीप जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत छन् । पिताको पखाईमा रहेको छोरा र उसको गाउँको स्कुलमा शिक्षक बन्ने सपना फिल्मको मुख्य कथा हो l निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको छ l फिल्ममा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहेको छ l साथै, यसै फिल्म बाट ठुलो पर्दामा रेणुले डेब्यु गरेकी हुन् l विकास सुवेदीले लेखेको फिल्मको कथाले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ l अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् l तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत ,प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, जीवन थापाको सम्पादन फिल्ममा समावेश रहेको छ । भदौ १० गतेबाट फिल्म प्रदर्शनमा आउने छ l