फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ २४ भदौमा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै रिलिज बारे जानकारी गराएका हुन् l गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्ममा प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको छ l साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन् l फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायाङ्कन, विश्व शाहीको सङ्गीत, रुपेश गुरुङको सम्पादन छ ।

फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको निर्माता मधु गुरुङ र प्रयास गुरुङ हुन् ।