अभिनेत्री निता ढुङ्गानाको निजी कम्पनी निता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रिय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरूलाई जोड्दै लगेको छ । केही महिना अघी मात्रै बलिउडका सिनेमाटोग्राफर कबिर लाल अभिनेता प्रदीपराज रावत , 'पुष्पा' भिलेन सुनिल बर्मा अलीलाई अनुबन्ध गरेको निर्माण टिमले हालै अर्का चर्चित भारतीय कलाकारलाई भित्र्याएको छन् । निर्माण टिमले  दक्षिण भारतीय फिल्मका कमेडी कलाकार ब्रह्मानन्दलाई अनुबन्ध गरीएको खबर सार्वजनिक भएको हो । निर्देशक चन्द्र पन्तले ब्रह्मानन्दमसँग कागजी सम्झौता गरेका हुन् । कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दमले संसारमै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । ‘ह्रस्व दीर्घ’ निर्देशक चन्द पन्तले उनलाई निवासमै गएर भेट गरेका हुन् । चरित्र बलियो भएकाले ब्रह्मानन्दम फिल्ममा अभिनय गर्न राजी भएको चन्द्र बताउँछन् । उनलाई प्रतिदिन ८ लाख भारु (नेपाली १३ लाख आसपास) दिने गरी सम्झौता भएको छ l  फिल्मका अभिनेता हरिहर अधिकारीले यस खबरको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत गराएका हुन् l हाल स्क्रिप्टको काम भइरहेको भनिएको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । यो फिल्ममा मुख्य अभिनेतामा हरिहर अधिकारी र अभिनेत्री निता ढुङ्गाना हुनेछन् ।