फिल्म ‘झिँगे दाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको टिजर युट्युब च्यानल ओेएस्आरबाट सार्वजनिक गरिएको हो l प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगे दाउ’ कपन गढी सिनेमा प्रा.लि को ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।
फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘बुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो । आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा नायिकाद्दय आँचल शर्मा , केकी अधिकारी , मुकुन भुसाल लगायतको अभिनय रहेको छ l