फिल्म ‘बुलाकी’ को रिलिज मिती तय गरीएको छ l निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मलाई कात्तिक १८ गते रिलिज गर्ने जानकारी गराएका हुन् l जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह-निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् l फिल्ममा नायिका सुरक्षा पन्त रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।