‘नेपहपको श्रीपेच’ को ग्रान्ड फिनाले यही शनिवार हुँदै छ l काठमान्डौ स्थित सोल्टी होटेलमा हुने फिनाले बारे सो टिमले जानकारी गराएका हुन् l सोमा पाचजना सहभागी बिच प्रतिस्पर्धा हुने छ l जेनिश क्षेत्री , भाइवर सिमोन ,एम्सी किङ ,बाबु बिलिभर र विशेष भट्टराईले आफ्नो प्रस्तुति दिने छन् l सो हेर्न चाहने दर्शकको लागि टिकटको व्यवस्था पनि गरिएको छ l दर्शकले ई- सेवा मार्फत टिकट लिन सक्ने छन् l साधारण टिकटको मूल्य हजार राखिएको छ भने भिआइपी टिकटको मूल्य रु दुई हजार राखिएको छ l टिकेटको कम्प्लीमेन्ट्रीमा १ जुस वा अर्ना बिएर रहेको छ भने भिआइपी टिकेट लिनेलाई एउटा कम्प्लीमेन्ट्री ड्रिन्क्स र अर्ना बियर रहेको छ l कार्यक्रम बेलुका छ बजे देखी ८ बजे सम्म चल्ने छ l साथ कार्यक्रममा मेन्टर र जजलेपनि आफ्नो प्रस्तुति दिने छन् l