अभिनेता अनमोल केसी ‘छड्के २’ मा भित्रिएका छन् l निर्देशक निगम श्रेष्ठको निर्देशन रहने ‘छड्के २’ लाई अनमोलले साइन गरी सकेका छन् l फिल्ममा उनीबाहेक अरू कलाकारको टुंगो लागेको छैन । ‘छड्के २’, ‘छड्के’को सिक्वेल नभएको निर्माण टिमको भनाइ छ l फिल्ममा अघिल्लो श्रृंखलाका कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र नम्रता श्रेष्ठमध्ये कोही दोहोरिने छैनन् । अहिले निर्माण टिम साउन अन्तिमदेखि छायांकनमा निस्कने गरी कलाकार छनोट प्रक्रियामा जुटेको छ । ग्याङस्टार र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको चितवन र मनाङमा छायांकन हुनेछ । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए ।