रानी शाक्य र बलबहादुर राजवंशीको आवाजमा ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत र एरेञ्ज छ । प्रहिल कार्कीको निर्देशन भिडियोमा देख्न सकिन्छ l भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । 

 उत्तम हुमागाईँले छायांकन गरेको भिडियोलाई सम्पादन र कलर माधव बेलवासीले गरेका हुन् l भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।