फिल्म 'प्रकाश' को गीत रिलिज गरीएको छ l  ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । फिल्मको गीतमा मुख्य दुई पात्र (प्रदीप खड्का र रेणु योगी) बीचको प्रेम र वर्गिय विभेदले उत्पन्न परिस्थितिलाई देखाइएको छ । निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको छ l फिल्ममा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहेको छ l साथै, यसै फिल्म बाट ठुलो पर्दामा रेणुले डेब्यु गरेकी हुन् l विकास सुवेदीले लेखेको फिल्मको कथाले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ l

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् l तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत ,प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, जीवन थापाको सम्पादन  फिल्ममा समावेश रहेको छ । भदौ १० गतेबाट फिल्म प्रदर्शनमा आउने छ l