भदौ ३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म 'कृष्ण लीला'को पोस्टर सार्वजनिक गरिएको छ l पोस्टरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र  श्रद्धा क्षेत्रीलाई मुख्य केन्द्रमा राखिएको छ l निर्माण टिमले आज फिल्मका प्रेमिल पोस्टरहरू सार्वजनिक गरेको हो l दीपक ओलीको निर्देशन रहेकोको फिल्ममा कृष्ण र लीलाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ l फिल्ममा  रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतलाई देख्न सकिन्छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीको लेखन रहेको छ l प्रकाशराज कार्की र केबल तामाङको लगानी रहेको ‘कृष्ण लीला’ मा पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुप्मा छन् ।  फिल्मलाई शिव ढकालले खिचेका हुन् l