फिल्म ‘ऐना झ्यालको पुतली’ को रिलिज मिति घोषणा गरिएको छ l निर्माण टिमले भाद्र २४ लाई फिल्मको रिलिज मिति घोषणा गरेका हुन् l सुजित बिडारी निर्देशित डेब्यु फिल्म ‘ऐना झ्यालको पुतली’ ले विभिन्न फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ l फिल्मले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड दिलाएको थियो । आइसफल प्रडक्सन र लोकल सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतको अभिनय छ । फिल्मलाई आकाश पौडेल, प्रवीण स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठले निर्माण गरेको हुन् l   अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन र पुष्पा संगमको संगीत फिल्ममा समावेश छ ।