बिहीबार इन्दिरा जोशीको आवाज रहेको गीत ‘पछ्यौरी’ सार्वजनिक गरिएको थियो l १२ बर्षपछि इन्दिराले बजारमा ल्याएको उक्त गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् l इन्दिराकै शब्द , कम्पोजमा तयार भएको गीतलाई हाल सम्म ७४ हजार दर्शकले हेरी सकेका छन् l साथै युट्युब कमेन्टमा पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् l


तस्विर:बिकास अर्याल 

Cine pati Cine pati Cine pati

गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । प्रवीणको कोरियोग्राफी उत्कृष्ट छ । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।

Cine pati Cine pati

भिडियोमा इन्दिरा आँफै फिचर्ड छिन् भने न्रित्यमा नीराजनले प्रधानले साथ दिएका छन् l