फिल्म 'के घर के डेरा' लाई जी-ट्वान्टीवान डिजिटल फिल्मले डिजिटल अधिकार लिएको छ । महँगो मूल्यमा कम्पनीले फिल्म खरिद गरेको हो l अभिनेता तथा गायक आसिफ शाह नेतृत्व रहेको कम्पनीले अन्य फिल्मको राइट पनि खरिद गर्ने तयारीमा रहेको जनाएको छ l  दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मलाई ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् l फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ l फिल्ममा दयाह्याङ राई , विपिन कार्की , सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको छ l