अभिनेता अनमोल केसीले पहिलो पटक अभिनेत्री पूजा शर्मा सँग सहकार्य गर्ने भएका छन् l पूजा शर्माको होम प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने छन् । शुक्रवार अनमोलले अनटाइटल प्रोजेक्ट साइन गरेका हुन् । फिल्मको छायांकन कात्तिकपछि मात्र सुरु हुने छ l फिल्मको कथा निर्देशक थापा स्वयंले लेखेका हुन् । अनमोल र पूजाले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् ।