अभिनेता अनमोल केसी 'जेरी २' मा अनुबन्धित भएका छन् l हेमराज बिसीको निर्देशन रहने यस फिल्मको निर्माता र अनमोलबिच कागजी सम्झौता भएको हो । ‘जेरी’मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । नेपाल, अमेरिका र अस्ट्रेलियामा छायांकन हुने फिल्मलाई २०८० सालको विजयादशमी (दशैं) मा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । ‘जेरी’ २०१४ मा प्रदर्शन भएको थियो । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रबल छ । फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानी रहने फिल्ममा अनमोलले महँगो पारिश्रमिक बुझेका छन् l