‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा चयन भएका छन् । ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ संस्थाको घोषणा गर्दै खतिवडालाई अध्यक्षतामा चयन गरिएको हो l कार्यक्रम प्रस्तोता विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन पनि गरिएको छ l संस्थाको वरिष्ठ उपाध्यक्षमा मल्भिका सुब्बा रहेकी छन् l संस्था घोषणाको पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थाका जिएम अशोक प्यासी राई लगायत वरिष्ठ संचारकर्मीहरुको सहभागिता रहेको थियो । यस्तै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई मानार्थ सदस्य राखिएको छ l साथै संचारकर्मी भूषण दाहाल, प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ । संस्थाको कार्य समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष विवेक सिंह ठकुरी, महासचिवमा जीपी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् । सदस्यहरूमा सुगारीका के.सी., बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सुवेक्षा खड्का रहेका छन् ।