पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले लगन गाँठो कसेकी छन् l प्रेमी राहुल मोक्तान सँग उनले लगन गाँठो कसेकी हुन् l असार २१ गते गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार उनीहरू बिहे भएको हो l सदीक्षाका प्रेमी राहुल खेलाडी हुन् । इन्डियन किक बक्सिङ च्याम्पियनसिपमा उनले तीन पटक स्वर्णपदक जितेका छन् । सन् २०१७ देखि उनले ‘मुएथाई’ नामक आफ्नै जिमखाना सञ्चालन गर्दै आएका छन् ।