विपक्ष दलले बजेट हिनामिना गर्नुका साथै सिसिटिभी फुटेज गायब बनाएको आरोप लगाएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् l उनले आज सम्सद बैठकमा आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् l उनले राजीनामा दिए सँगै यती बेला कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै मन्त्री शर्मालाई ऊर्जामा हुँदा बाघ बनाउनेले आज मुसा बनाएको तर्क राखेका छन् l सञ्जालमा दीपक लेख्छन् राईट म्यान याट राईट प्लेस भनेको यही हो ! यही मान्छे ऊर्जामा हूदॉ बाघ भन्थे,अहिले मुसा बनाए!अर्थ न बर्थ गोविन्द गाई सिसि टिभिले जागिरै खाइ!!