फिल्म 'के घर के डेरा' रिलिज मिति घोषणा गरिएको छ l कार्तिक यानिकी तिहारमा फिल्म रिलिज गरिने भएको छ l नेपाली बक्स अफिसमा तिहारको समीकरण रोचक हुने देखिएको छ l किनकि सोही समयमा अन्य ठुला ब्यानरका नेपाली फिल्म पनि प्रदर्शनमा आउँदै छन् l कात्तिक ४ यस फिल्म सँगै सन्तोष पन्तको ‘नालापानी’ सलोन बस्नेतको ‘मिलन’ र ‘प्रसाद २’ पनि सोही मितिमा प्रदर्शन हुनेछ । एउटै मितिमा एउटै स्टारको दुई फिल्म आउनु कलाकारको निजत्व र फिल्मको व्यावसायिक भविष्यलाई जोखिमपूर्ण मानिन्छ । साथै, प्रचारप्रसारमा हिंड्न पनि कलाकारलाई नैतिक समस्या हुने देखिएको छ l दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मलाई ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् l फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ। ‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ