फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको रिलिज बारे जानकारी गर्दै फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता पनि गरेको छ l थुप्रै फिल्ममा द्धोन्द निर्देशन गरेका अस्ट महर्जन यस् फिल्मका निर्देशक हुन् l हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडाैं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको छ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।