लघु फिल्म प्रतिस्पर्धाको घोषणा गरीएको छ । प्रशारणको तयारीमा रहेको एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले सो प्रतिस्पर्धाको घोषणा गरेको हो l ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ नाम दिदै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरिएको छ । नयाँ फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लघु फिल्म प्रतिस्पर्धाको आयोजना गरीएको बताइएको छ l प्रतिस्पर्धामा सहभागी हुने चाहनेले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन www.nntvshorts.com वा टेलिभिजनको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् l टेलिभिजनले आगामी साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गर्नुपर्ने समयसीमा तोकेको छ । स्क्रिप्ट छनौट साउन २५ गते हुने, फिल्म निर्माण सम्पन्न भदौ २५ गतेसम्म हुनुपर्ने र फिल्मको मुल्यांकन भदौ २६ गते हुने टेलिभिजनले जारी गरेको विज्ञप्तिमा उल्लेख पनि गरीएको छ l प्रतिस्पर्धामा प्रथम पुरस्कार प्रमाणपत्र र ट्रफीसहित २ लाख, द्वितीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित डेढ लाख र तृतीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित ५० हजार रहेको छ भने उत्कृष्ट दशलाई प्रमाणपत्र र ट्रफीसहित १० हजार प्रदान गरिनेछ । प्रतिस्पर्धाको निर्णायकहरुमा कलाकार सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा रहेका छन् ।