फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । यस फिल्ममा नायिका साम्राज्ञी आरएल शाह र जितु नेपाल मुख्य मुख्य भूमिकामा रहेका छन् ल् पर्वत र कास्कीमा छायांकन भएको फिल्मले नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई प्रस्तुत गरेको छ l फिल्मलाई डा. भोला रिजालका छोरा तथा निर्माता कपिल रिजालको निर्देशन गर्दै छन् l कपिलले यसै फिल्म बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ । स्वास्थ सुरक्षाको मापदण्ड अपनाउँदै  फिल्मलाई सुदिप बरालले खिचिरहेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ समूहबाट अलग भएपछि जितुले पहिलो पटक बाहिरी ब्यानरको फिल्ममा काम गरेका हुन् l