आज शुक्रबार रिलिजमा सिनेमा घर २ फिल्म प्रदर्शन भएका छन् l एक नेपाली फिल्म र एक हलिउड हलमा प्रदर्शन भएका हुन् l नेपाली फिल्म 'दोख' रहेको छ भने हलिउड फिल्म 'थोर ' रहेको छ l अनुप बराल निर्देशित फिल्ममा मनिष निरौला, दीया मास्के, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल र रोयदीपको मुख्य भूमिका छ l यसै गरी सुपरहिरो फिल्म ‘थोर : थन्डर एन्ड लभ’ पनि नेपालसहित विश्वभर रिलिज भएको छ । मार्भल स्टुडियोको यो फिल्ममा क्रिस हेम्सवर्थ, नाटाली पोर्टम्यान, क्रिस्टिन बेल लगायतको मुख्य भूमिका छ ।