फिल्म 'पर्देशी २' को टिजर सार्वजनिक गरिएको छ l टिजरमा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी प्राथमिकतामा छन् । साथमा अभिनेताद्वाय दिलीप रायमाझी र प्रशान्त तामाङ पनि प्रस्तुत छन् । नारायण रायमाझीले निर्देशन गरेको यो फिल्म २०१५ मा आएको सुपर हिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।
यही फिल्मबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गरेका छन्। फिल्मको कथा रमेश बिजीको रहेको छ l फिल्ममा प्रकाशको अलावा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । असोज १४ गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ l