फिल्म 'सिल्ली फो'को दोश्रो गीत सार्वजनिक गरिएको छ ।  पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बू र प्रीति आलेको स्वरमा 'ए  ‘चार इञ्चको सेन्डल’ सार्वजनिक भएको हो l फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् l मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह-निर्माता छन् ।

असार ३१ गतेबाट नेपालभरका हलमा घरमा रिलिज हुने फिल्ममा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की लगायतको अभिनय रहेको छ । दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन रहेको 'सिल्ली फो' मा देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स समावेश छ l