काठमण्डौका मेयर तथा र्यापर बालेन शाहको यती बेला चर्को आलोचना भएको छ l स्वर्गीय र्यापर यम बुद्धको सालिक बनाउने भनेर नगरपालिकामा बजेट छुटाएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो l सञ्जाल प्रयोगकर्ताहरूले उक्त कुराको घोर विरोध गर्दै नकारात्मक कमेन्ट गरेका छन् l आत्महत्या गर्नेको सालिक बनाएर के शिक्षा दिन खोजेको प्रश्न गरेका छन् l कोहिले त बालेनलाई प्रचण्डको उपनाम दिएका छन् भने लिजेन्डरी र्यापर बुद्धलाई प्रकाश दाहाल सँग तुलना गरेका छन् l नकारात्मक कमेन्टहरूको प्रहार भए पछि बालेन आफ्नो बोली फेर्दै आफूले पाउने तलब बाट नै यमबुद्दको सालिक ठडाउने सञ्जाल मार्फत बताएका हुन् l