फिल्म ‘वर एण्ड बधू’ को छायांकन सुरु भएको छ । शनिबार बाट सुरु भएको फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु गरीएको हो l १५ दिन छायाँकन हुने फिल्मको रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा छायांकन हुनेछ । फिल्मको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्म कमेडी रोमान्स ड्रामाले भरिने छ l नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा आँचल, हिमेशको अलवा विवेक कर्माचार्य, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ ।